मिस मंगोल नेपालको यो वर्षको उपाधि एप्रिला लामाले उचालेकी छिन।
२१ वर्षीया एप्रिलाले काठमाडौंबाट सहभागीता जनाएकी थिइन्। उपाधिसहित एप्रिलाले १ लाख रुपैयाँ पुरस्कारसहित बैंकक टुर प्याकेज प्राप्त गरेकी छिन्।
एप्रिलाले प्रतियोगिताको शिर्ष उपाधि उचाल्दा ताप्लेजुङकी प्रिया लिम्बु मादेन फस्ट रनर भइन् भने ललितपुरकी विभिषिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भइन्। उपाधिसँगै प्रिया र विभिषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन्।
रिडी गु्रपले प्रायोजन गरेको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ घोषित भएका छन्।
यसैगरी खोटाङकी सान्तवना राईले मिस ट्यालेन्टको उपाधि उचाल्दा ललितपुरकी समिता बज्राचार्य कल्चर एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप घोषित भइन्।
यो प्रतियोगितामा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी गु्रपका निर्देशक डिबी आले, संगीतकार शान्तिराम राई, मिस मंगोल नेपाल २०१४ की विजेता एनिस्ता गुरुङ निर्णायकका रुपमा सहभागी थिए।
एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल’को यो वर्षको अन्तिम प्रतिस्पर्धामा देशभरका २२ युवती छानिएका थिए।
Shares

प्रतिक्रिया