तेजाव आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने भएको छ। पुराना अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउने भएका हुन्।
थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका रमित ‘बुद्ध बर्न इन नेपाल’ मार्फत निर्माताका रुपमा उद्योगमा आएका हुन्। सामाजिक विषयवस्तुमाथि फिल्म निर्माण गर्ने बताउँदै आएका रमित मुस्कान खातुनको बायोपिक मार्फत पुनः निर्माणमा आउन लागेका हुन।
रमितले मुस्कानको बायोपिकको प्रि–प्रोडक्सनको काम भैरहेको बताएका छन्। उनले पुसको अन्तिम साताबाट छायांकनमा निस्कने योजना रहेको सुनाए।
मुस्कान सन् २०१९ मा एसिड आक्रमणमा परेकी थिइन्। त्यसबेला उनी १५ वर्षकी थिइन्।
33
Shares

प्रतिक्रिया