प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘कठपुतली’ को निर्माण टोलीले प्रचार तीव्र पारेकाे छ।
प्रदर्शन गर्ने मिति पुस १६ लाई ताेकेर प्रचार थालिएको चलचित्रको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि पहिलाे ट्रेलर देखाइएकाे थियो। त्याे हेरेपछि फिल्मको नामअनुसार दृश्य नभएको भनेर आलोचना भएको थियो। दोस्रो ट्रेलरमा भने तर्साउने दृश्य समावेश गरिएको छ।
दोस्रो ट्रेलर हेर्दा चलचित्रको मूल कथा कर्माको वरिपरि घुमेको आकलन गर्न सकिन्छ। विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेको तथा अदृश्य शक्तिबाट बच्न गरेकाे संघर्ष ट्रेलरमा देखाउन खोजिएको छ।
भीमसेन लामाले निर्देशन गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, ध्रुव कोइराला, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापालगायत कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया