बलिउड अभिनेता सलमान खानले केही समयअघि ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने तयारी सुनाएका थिए।
चलचित्र ‘आरआरआर’को पत्रकार भेटघाटमा सलमानले ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने बताएका थिए।
उनले अब बन्ने फिल्म ‘आरआरआर’का निर्देशक एसएस राजामौलीका बुबा केभी विजयेन्द्र प्रसादले ‘बजरंगी भाइजान’को सिक्वेलको कथा लेखिरहेका थिए।
सलमानले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको नाम सार्वजनिक गरेको छन्। अब ‘बजरंगी भाइजान’को सिक्वेल ‘पवन पुत्र भाइजान’को नाममा निर्माण हुनेछ।
‘बजरंगी भाइजान’ ६ वर्षअघि कबीर खानले निर्देशन गरेका थिए। बक्स अफिसमा सफल यो चलचित्रको सिक्वेलमा नाम र निर्देशक दुवै फेरिएका छन्।
‘पवन पुत्र भाइजान’को अहिले स्क्रिप्टको काम भैरहेको छ। चलचित्रमा सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्दिकीले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।
Shares

प्रतिक्रिया