ad ad

कला


प्रदीपसँगै काम गर्ने पूजाको रहर

प्रदीपसँगै काम गर्ने पूजाको रहर

नेपालखबर
पुस १४, २०७८ बुधबार १४:१३, काठमाडौँ

पूजा शर्मा पर्दामा पनि हिरो परिवर्तन गरिरहने अभिनेत्री हुन्। एउटा फिल्म चल्दासम्म त्यो फिल्मको हिरोसँग घनिष्ट सम्बन्ध बनाउने पूजाको अधिकांश फिल्म सकिदासम्म त्यो हिरोसँग सम्बन्ध चिसो भइसकेको हुन्छ। 

त्यसैको उदाहरण हुन्- अभिनेता प्रदीप खड्का । प्रदीप र पूजाले चलचित्र ‘प्रेमगीत’मा सँगै काम गरे। चलचित्र प्रचारसम्म उनीहरुको सम्बन्ध राम्रो थियो। यही चलचित्रले दुवैलाई स्टार कलाकार बनायो । 

कलाकारितामा स्थापित हुन संघर्ष गरिरहेका दुवै स्थापित कलाकार भए। तर ‘प्रेमगीत’ प्रदर्शनपछि उनीहरुबीच मनमुटाव भएको खबर सार्वजनिक भयो। त्यसपछि उनीहरु सँगै देखिएनन्। 

प्रेम गीतको सिक्वेल निर्माण भयो। तर, यो जोडी सँगै देखिएन । दर्शकले प्रदीप र पूजाको जोडीलाई पुनः हेर्न चाहेपनि देख्न पाएनन्। लामो समयपछि पूजाले आफूले प्रदीपसँग पुनः काम गर्न चाहेको बताएकी छिन्।

उनले प्रदीप आफ्नो बेष्ट हिरो रहेको समेत बताएकी छिन्। उनले भनेकी छिन्, ‘म प्रदीपसँग काम गर्न सधैं तयार छु ।’ तर कहिले कुन फिल्मबाट पुनः यो जोडीको सहकार्य हेर्न पाउने हुन त्यो भने थाहा छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .