कला


‘मिस एयरहोस्टेज २०२१’ को ताज गुरुङलाई

‘मिस एयरहोस्टेज २०२१’ को ताज गुरुङलाई

नेपालखबर
पुस १५, २०७८ बिहिबार २२:२, काठमाडौँ

सिजन मिडियाद्वारा आयोजना गरिएको ‘मिस एयरहोस्टेज २०२१’ पाँचौँ संस्करण सम्पन्न भएको छ। उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले ‘मिस एयरहोस्टेज २०२१’ ताज चुम्न सफल भइन्। 

फर्स्ट रनरअप आशा डंगुरा र सेकेण्ड रनरअपको ताज सृजु घिमिरे भए।  घिमिरेले र पपुलर अवार्ड पनि हात पारिन्। 

विजेताले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्कीन हस्पिटलको तर्फबाट रु २० हजारको गिफ्ट भौचर प्राप्त गर्न सफल भइन्।

सिम पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मालामु शेर्पा, मिस फोटोजेनिक मेलिना राजवंशी, मिस बेस्टवाक प्रिया कर्मचार्य, र बेस्टडे«सको अवार्ड समीक्षा माझीले हात पार्न सफल भए। 

निर्णायक मण्डलमा सौन्दर्यविद् सीता न्यौपाने पाठक, साउथ वेस्टर्नस्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी, मिस एयरहोस्टेज २०१६ की विजेता प्रियता मोक्तान, हिमालय एयरलाइन्सका एड्मिन म्यानेजर सेमन्त श्रेष्ठ, हवाई इञ्जिनियर रञ्जीत जैशवाल, नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन मुकेश कुमार गुप्ता र पत्रकार टिपी भुसाल रहेका थिए। 

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मन्त्री आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारी सिर्जना गर्न दबाब हुने र आगामी दिनमा नेपालको एकमात्र ध्वजावाहक एयरलाइन्सलाई विमान खरिद प्रक्रियामा लगेर राम्रो गर्ने बताए।

कार्यक्रममा नेपालमा रहेर नेपाली हवाई उडड्यन क्षेत्रमा विगत लामो समयदेखि निरन्तररूपमा यस क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिनुहुने वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका कुशल व्यवस्थापक घनश्यामराज आचार्य, गुण एयरका प्रज्वल थापा, बुद्ध एयरका खगेन्द्र बस्नेत, क्याप्टेन विवेक खड्का, पूर्वविमानचारिका रेनु राई, सुवास बस्नेत, पत्रकार अच्युत पुरी, अग्नी नियन्त्रक सुनिता सिवाकोटी लगायतलाई सम्मान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad