कला


के भाइरल हुनकै लागि कुटाई खाएका थिए राजेशपायलले?

के भाइरल हुनकै लागि कुटाई खाएका थिए राजेशपायलले?

नेपालखबर
पुस १९, २०७८ सोमबार १९:२, काठमाडौँ

नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक हुन्–राजेशपायल राई। उनका कयौँ गीत हिट छन्। 

मेल-महोत्सवमा गाउने कलाकारमा उनी अग्रपंक्तिमा देखिन्छन्। देशदेखि विदेशसम्मका सांगीतिक कार्यक्रममा उनको बाक्लै उपस्थिति छ।

पछिल्लो पटक राजेशपायल अमेरिकाको एक सांगीतिक कार्यक्रममा भाग लिन गए। न्यूयोर्कस्थित एक स्टेजमा गीत गाइरहेका राईमाथि एक दर्शकले हातपात गरे। 

त्यसपछि राजेशपायलले भक्कानिँदै केही मिडियामा बोल्न समेत भ्याए। विश्वभर छरिएर रहेका नेपालीले उनीमाथि भएको आक्रमणको भर्त्सना गरे। 

सबैले राजेशपायललाई आक्रमण गर्ने पासाङ दावा शेर्पामाथि कारबाही माग गरिरहेका थिए। 

तर गायक राई र उनलाई आक्रमण गर्ने शेर्पाले काँध मिलाइसकेका छन्। राई जातिको संस्कार अनुसार शेर्पाले रक्सी भेट चढाएर माफी मागेपछि राजेशपायल पनि उदार बनेका छन्। 

राजेशपायल र उनका फ्यान भनिएका शेर्पा मिलेपछि अहिले फेरि संसारभरका नेपालीले उनीमाथि प्रश्न गरिरहेका छन्। 

उनीहरुले उक्त घटना आयोजकले नै प्रायोजित रुपमा गराएको आरोप पनि लगाएका छन्। कतिपयले राजेशपायलले भाइरल बन्नका लागि मिलेमतोमा कुटाइ खाएको समेत उल्लेख गरेका छन्।

उनलाई स्टेजमा चढेर नशाको तालमा हात हाल्ने शेर्पाले चढाएको त्यही नशामार्फत क्षमा दिएपछि शुभचिन्तक भने रिसाएका छन्। 

एकजना सामाजिक सञ्जालका प्रयोगकर्ताले लेखेका छन्, ‘सम्भवतः जे ले बिगार्यो, उसैले मिलायो पनि। रमेश बिजीले ‘यो मायाको जातै तगडा’ भन्दा 'अनि होइन्त?' लाग्थ्यो। अहिले ‘यो रौसीको जातै तगडा’देख्ता खासमा तगडा चाहिँ मायाको जात कि रौसीको? भनेर कन्फ्युजनमा छु। राजेशपायल र अर्को पट्टीका भएर निक्कै स्ट्याटस आए। अझै पनि ती स्ट्याटसको मुन्तिर कमेन्टमा स्यान्तिनो मुक्कामुक्की  चलिराकै छ। उता खादा र रौसीले 'शिर उभाउनी' कर्मकाण्ड सकिसक्यो रे! यता भाइहरु अझै निद्रामै छन्। फ्यान हुनु त यत्तिको पो त।’

सञ्जालका अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘स्टेजमा भएको अभद्र ब्यवहार’प"रै स्क्रिप्टेड ड्रामा मात्रै पो? संसारभरका कलाकार र शुभचिन्चकको ‘एकमुष्ट एटेन्सन’ पाउने गजपको आइडियाबाहेक केही थिएन रहेछ? नत्र–स्टेजमा गर्धन बटारेर शिर निहुराइदिएको हमलाकारीको एक बोत्तल दारू ‘शिर उठाई’ तिरेपछि पापमोचन हुने? बाठा छन एटेन्सन सिकरहरू।’

राजेशपायल आफ्ना समर्थकको वास्तै नगरि सामान्य तरिकाले आफूमाथि आक्रमण गर्ने मानिससँग मिलेपछि उनको समर्थनमा स्टाटस लेख्नेहरूले आफ्ना स्टाटस हटाएका छन्। 

पुराना गीतकार राजेन्द्र थापाले त राईलाई दबाबमा पारेर माफी माग्न लगाएको बताएका छन्। उनले समाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा मागी मगाउन समेत आग्रह गरेका छन्। 

गीतकार थापालाई जवाफ दिँदै दुर्गा पंगेनीले लेखेका छन्, ‘अमेरिका त सिस्टमले चलेको देश हो। कसैमाथि हातपात गरेर उसले कानुन तोडेको छ। यहाँ माफीको सवाल भन्दा पनि कानुन अनुसार कारवाही भएको भए उत्तम हुन्थ्यो। ल एम्नेस्टीमै कुरो टुङ्ग्याएको हो भने पनि ‘हमलालगत्तै संसारभरबाट जुन दु:ख मनाऊ’ गरियो त्यो सबै एटेन्सन धेरै ठूलो र माफी खुसुक्क भयो-त्यसैले यो नियोजित थियो फट्याइँ थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad