कला


यस्तो छ अमेरिकामा स्टेजमै राजेश पायल राईलाई आक्रमण गर्ने व्यक्तिको बयान (भिडिओ)

यस्तो छ अमेरिकामा स्टेजमै राजेश पायल राईलाई आक्रमण गर्ने व्यक्तिको बयान (भिडिओ)

पासाङ दावा शेर्पा, जसले गत शनिबार अमेरिकाको न्युयोर्कमा गीत गाइरहेकै स्टेजमा गएर राजेश पायल राईलाई हातपात गरे।


नेपालखबर
पुस १९, २०७८ सोमबार १३:५६, काठमाडौँ

नयाँ वर्ष सन् २०२२ सुरु भएको दिन गत शनिबार अमेरिकाको न्युयोर्कमा गीत गाइरहेका बेला स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई आक्रमण गर्ने व्यक्तिले आफ्नो बयान दिएका छन्। 

आखिर उनले किन आक्रमण गरे, यस विषयमा उनले भनेका कुरा गायक राईले भिडिओमार्फत सार्वजनिक गरेका हुन्। 

भिडिओका साथ गायक राईले गल्ती मानिसबाटै हुने भएकाले अब उप्रान्त उनलाई गाली नगर्न आग्रह पनि गरेका छन्।

बयानमा पासाङ दावा शेर्पाले गायक राई आफ्नो हितैषी भएको उल्लेख गर्दै नयाँ वर्षका दिन आफूलाई रक्सी लागेको र त्यही क्रममा ‘एग्रोसिभ’ भएर आक्रमण गर्न पुगेको बताएका छन्। तर किन एग्रोसिभ भए भन्ने खुलाएका छैनन्। 

‘म अस्ति पार्टीमा उहाँको पोग्राममा गाँथेँ। उहाँ मेरो एकदम हितैषी फ्रेन्ड भकोले गर्दाखेरि मैले उहाँलाई स्टेजमा गएर यस्सो उचालेकोे थेँ, भिडिओ अलिकति भाइरल भएर गएछ’, पासाङले भनेका छन्, ‘म अलि एग्रोसिभ भएर न्यु इयरको दिन अलिकति लागिसक्या थ्यो। मैले उहाँलाई स्टेजमा गएर अलि डिस्टर्ब गरेजस्तो भयो। यसका लागि म उहाँसँग माफ माग्छु...।’

यस विषयमा सुनौं उनका भनाइ उनकै मुखबाट– 

यस्तो छ घटना विवरण
नयाँ वर्ष सन् २०२२ मनाउन अमेरिकामा पुगेका गायक राजेश पायल राई गत शनिबार अर्थात् नयाँ वर्ष सुरु भएको दिन जनवरी १ तारिख न्युयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेका थिए। नेपाली समयानुसार दिउँसो १२ बजे उनी  ‘अन्जानैमा भूल भयो कि’ भन्ने गीतको अन्तरा गाउँदै थिए। दर्शक मन्त्रमुग्ध भएर झुमिरहेका थिए।

तर यहीबीच एकाएक माहोल बिग्रियो। अर्थात् आफ्नै सुरमा गीत गाइरहेका राईलाई स्टेजमै उक्लेर कसैले पछाडिबाट न्याँक्यो। गर्धनमा झुन्डिँदै अधबैंसे पुरुषले उनलाई पछार्ने प्रयास गरे। तर राईले आफूलाई लड्न दिएनन्। यत्तिकैमा दर्शक आए र ती व्यक्तिलई छुटाए, जसले गर्दा त्यहाँ थप जुधामारी हुन पाएन। त्यसको भिडिओ सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म निकै भाइरल भयो। सम्भवतः अझै भइरहेकै होला। 

गायक राईलाई घोक्र्याउन खोज्ने कालो सर्ट र पाइन्ट लगाएका ती व्यक्ति थिए– सोलुखुम्बु खरिखोलवा स्थायी ठेगाना भएका पासाङ दावा शेर्पा। हाल उनी न्युयोर्कमै एक रेस्टुरेन्टमा काम गर्छन्।

व्यापक विरोधपछि उनले राईसँग माफी पनि मागिसकेका छन्। 

यो पनि : अमेरिकामा स्टेजमै उक्लेर गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले यसरी मागे माफी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad