‘सरिताको दिदी’ गीतको सफलतापछि गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा ‘सिमल भुवा’ बजारमा ल्याएका छन्।
गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडिओ निर्देशन ओरिअन टिमले गरेको हो। भिडिओको कन्सेप्ट गायक ओकिलीकै रहेको छ।
प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडिओमा फिचर्ड छन्। विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडिओमा समावेश छ।
अनिश ओकिली युट्युब च्यानलमा भिडिओ हेर्न सकिन्छ।
३ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो, झ्यालबाट हेरी लगायत गीतहरू चर्चित छन्।
18
Shares

प्रतिक्रिया