हास्य कलाकार विल्सन विक्रम राईले स्वास्नी पीडित बुढाको कथा समेटेर नयाँ म्युजिक भिडियो ‘आलु मीठो उसिनेको’ ल्याएका छन्।
हास्य शैलीमा तयार पारिएको यो गीतमा श्रीमतीबाट पीडित श्रीमानको कथा देखाउने प्रयास गरिएको छ।
सार्वजनिक गीत विल्सन आफैंले लेखेका हुन्। स्वर र संगीत पनि विल्सनकै सुन्न सकिन्छ। गीतको म्युजिक भिडियोमा पनि विल्सन आफैं देखिएका छन्।
भिडियोमा भने उनलाई लुक्छना राई, विशाल लिम्बू, रचना रिमाललगायतले अभिनयमा साथ दिएका छन्।
विल्सनले नै निर्देशन गरेको भिडियो विक्रम डिसीले छायांकन गरेका हुन्। भिडियो सम्पादन मनोज कार्कीले गरेका छन्।
भिडिओ-
39
Shares

प्रतिक्रिया