कला


करण कुन्द्रा मार्चमा अर्कैसँग बिहे गर्दै छन्? तेजस्वी प्रकाशले गरिन् खुलासा

करण कुन्द्रा मार्चमा अर्कैसँग बिहे गर्दै छन्? तेजस्वी प्रकाशले गरिन् खुलासा

तेजस्वी प्रकाश र करण कुन्द्रा। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
पुस २३, २०७८ शुक्रबार १४:११, काठमाडौँ

भारतको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस १५ का लभबर्ड्स करण कुन्द्रा र तेजस्वी प्रकाशको सम्बन्ध हालैका दिनमा निकै उतारचढावबाट गुज्रिरहेको छ। बिग बोसले दिएको टास्कका कारण दुई जना आपसमा झगडा गर्न थाल्छन्। तर अन्त्यमा, दुईबीच मेलमिलाप हुन्छ। ​तेजस्वी र करण। तस्बिर : सामाजिक सञ्जाल।अभिनेता करण कुन्द्रा र अभिनेत्री तेजस्वी प्रकाशको जोडी फ्यानमाझ निकै चर्चित बनेको छ। फ्यानहरू दुवैलाई सँगै हेर्न चाहन्छन्। तर, करण र तेजस्वीले एकअर्कासँग नभई अर्कैसँग विवाह गर्न लागेको कुरा बाहिर आएको छ।​तेजस्वी र करण। तस्बिर : सामाजिक सञ्जाल।वास्तवमा, पछिल्लो एपिसोडमा तेजस्वीले करण कुन्द्रा मार्चमा अर्कैसँग विवाह गर्न लागेका छन् भन्ने सुनेका थिए। टास्कका क्रममा तेजस्वी प्रकाशले करणलाई सोधिन्– मलाई मार्चमा आफ्नो विवाहमा निम्तो दिने हो? जवाफमा करण कुन्द्राले भने– हो, म तिमीलाई बिहेमा निम्तो दिन्छु किनभने सबै काम तिमीले गर्नुपर्नेछ।​करण, राखी र उमर। तस्बिर : सामाजिक सञ्जाल। करण कुन्द्रा र तेजस्वीको यो कुरा सुनेर परिवारका अन्य सदस्य स्तब्ध हुन्छन्। करणले बिहेमा धेरै काम हुने भएकाले केही काम गर्न तेजस्वीलाई बोलाउने बताए। 

उता उमर तेजस्वीलाई पिकअप गर्ने बताउँछन्। यसैबीच राखी सावन्तले हालै राहुल र दिशाको पनि विवाह भएको र तिमीहरूले पनि यसरी नै बिहे गर्नुपर्छ भन्छिन्। जसमा तेजस्वी भन्छिन्– म र करण आपसमा बिहे गर्दैनौं। हामी अर्कैसँग बिहे गर्छौं। यो सुनेर राखी सावन्त नाच्न थाल्छिन्। करण कुन्द्रा र उमर रियाज पनि राखीसँग सामेल हुन्छन् र ‘बच्यो बच्यो’ भन्छन्। ​तेजस्वी र करण। तस्बिर : सामाजिक सञ्जाल।भनिन्छ– करण र तेजस्वीबीच यी सबै कुरा ठट्टाका रूपमा चलिरहेको थियो। टास्कका क्रममा तेजस्वीले करण कुन्द्रालाई रमाइलो गर्दै जिस्क्याउँदै थिइन्। अमर उजालाबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad