गायक यम बरालले दोस्रो बिहे गरेको खुलासा भएको छ।
सन् २०११ मा आकृति राणासँग सम्बन्ध विच्छेद गरेका बरालले गुपचुप गरेको अर्काे बिहे सञ्चारमाध्यमले सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार गायक बरालले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन्। गीता कांग्रेस राजनीतिमा क्रियाशील छिन्।
गायक बरालले भने अहिले पनि दोस्रो बिहे गरेको कुरा अस्वीकार गरिरहेका छन्। तर उनीहरूबीच बिहे भइरहेको भिडिओ नै सार्वजनिक भएको छ।
प्रकाश सुवेदीद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम बागीनाले सार्वजनिक गरेको भिडिओमा उनीहरू दुलाहा–दुलहीका रूपमा नाचिरहेकाे देखिन्छ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट–

गीता हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि बन्न बागमती प्रदेश अधिवेशनमा उम्मेदवार बनेकी थिइन्। तर हारिन्।

Shares

प्रतिक्रिया