बलिउड अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग ब्रेकअप भएको हल्लालाई गलत भनेका छन्।
उनले बुधबार इन्स्टाग्राममार्फत मलाइका र आफूबीचको सम्बन्ध ठीकठाक रहेको बताएका हुन्।
अभिनेता कपुरले आफ्नी प्रेमिका मलाइका अरोरासँग मिरर सेल्फी पोस्ट गरेर दिउँसोदेखि जारी अफवाहको अन्त्य गरेका छन्।
उनले मलाइकासँगको ब्ल्याक एन्ड ह्वाइट तस्बिर सेयर गरेका छन्, जसमा दुवैजना कुल लुक्समा देखिएका छन्।
468
Shares
प्रतिक्रिया