‘महाठग’ को उपमा पाएका सुकेश चन्द्रशेखरसँग आलिंगन गरिरहेको तस्बिर सार्वजनिक भएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला तनावमा छिन्।

सुकेश चन्द्रशेखरसँगका गोप्य तस्बिर छ्याप्छ्याप्ती भएपछि ज्याकलिनले यसलाई भाइरल नबनाइदिन सञ्चारमाध्यमसँग आग्रहसमेत गरेकी थिइन्।
‘महाठग’ सुकेशविरुद्धकाे २ सय करोड रुपैयाँ ठगी मुद्दामा ज्याकलिनको नाम पनि जोडिएपछि केही समयअघि उनलाई ईडीले सोधपुछ गरेको थियो। त्यस क्रममा ज्याकलिनले प्रेमी सुकेशबाट महँगो उपहार लिएको खुलासा भएको थियो।
यहीबीच झन् उनैसँग आलिंगन गरिरहेका गोप्य तस्बिर सार्वजनिक भएपछि ज्याकलिन थप तनावमा परेकी हुन्।
यसैले अहिले उनी तनावबाट मुक्तिको प्रयासमा लागेकी छन्। त्यसका लागि ज्याकलिनले अध्यात्म किताब पढिरहेकी हुन्।
सञ्चारमाध्यमका अनुसार ज्याकलिन लुइस एल हेको पुस्तक पढिरहेकी हुन्। जसमा पीडा कसरी कम गर्न सकिन्छ भन्ने कुरा लेखिएको छ।
साथै हिजोआज उनी योग र शारीरिक अभ्यासमा बढी समय खर्चिरहेकी छन्।
Shares

प्रतिक्रिया