कोरोना महामारीका कारण चलचित्र क्षेत्र प्रायः ठप्प भएपछि याे विषम परिस्थितिलाई नेपाली कलाकारहरूले वैकल्पिक पेसा अपनाउने तथा आफ्ना रुचिका अन्य विषयलाई पूरा गर्ने अवसर बनाइरहेका छन्।
यसै मेलोमा अभिनेत्री साम्राज्ञी शाहले यही जनवरी २२ देखि ‘साम्राज्ञी राज्यलक्ष्मी शाह’को छोटकरी रूप एसआरएलएस नामक युट्युब च्यानल सञ्चालन गरेकी छन्।
पहिलो दिन उनले आफ्ना काम, जीवनशैली र नायिका प्रियंका कार्कीको अन्तर्वाता समेटेर पहिलो भ्लग बनाएकी छन्। यसअघि आफूले सञ्चालन गरेको अनलाइन व्पारबारे पनि साम्राज्ञीले यसमा चर्चा गरेकी छन्।
यसअघि प्रियंका कार्की, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, केकी अधिकारी, सविन श्रेष्ठ, अनु शाह, पल शाह, विनय श्रेष्ठ, ऋचा शर्माले पनि युट्युब च्यानल खोलेर भ्लग चलाइरहेका छन्।
486
Shares

प्रतिक्रिया