बलिउड फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ। राजकुमार राव र भूमी पेडनेकरले शिर्ष भूमिकामा रहेर अभिनय गरेको यो फिल्म कमेडी जनरामा निर्माण भएको छ।
फिल्मलाई हर्षवर्धन कुलकर्णीले निर्देशन गरेका हुन्।
सार्वजनिक ट्रेलरमा भूमी एक पीटी शिक्षकको भूमिकामा देखिएकी छिन्।
फिल्ममा उनलाई देशका लागि खेल्न चाहाने युवतीका रुपमा प्रस्तुत गरिएको छ। राजकुमार भने एक प्रहरी अधिकारीका रुपमा देखिएका छन्।
‘बधाई दो’ मार्फत राजकुमार र भूमी पहिलोपटक स्क्रिन शेयर गर्दैछन्। यो सन २०१८ मा प्रदर्शन भएको ‘बधाई हो’को सिक्वेल फिल्म हो।
यो फिल्ममा भूमीले विवाह गर्न नचाहान लेस्बियनको चरित्र निर्वाह गरेकी छिन्।
जंगली पिक्चर्सले निर्माण गरेको ‘बधाई दो’मा भूमी र राजकुमारको साथमा सीमा पहवा, लवलीन मिश्रा, नितिश पाण्डे र शशी भूषण पनि अभिनय गरेका छन्।
यो फिल्म फेब्रुअरी ११ मा रिलिज हुनेछ।
भिडिओ-
Shares
प्रतिक्रिया