ad ad

कला


नेपालको जनसंख्या ३ करोडबाट घटेपछि दीपकराज गिरीको व्यंग्य

नेपालको जनसंख्या ३ करोडबाट घटेपछि दीपकराज गिरीको व्यंग्य

नेपालखबर
माघ १२, २०७८ बुधबार १७:२७, काठमाडौँ

बुधबार २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। 

यसअघि नेपालको जनसंख्या ३ करोड भन्ने गरिएको थियो। तर अहिले यसबाट पनि घटेर आएपछि कतिपय अचम्ममा परेका छन्।

यसै क्रममा कलाकार दीपकराज गिरीले आफ्नो धारणा व्यक्त गरेका छन्। 

‘१० वर्ष भयो ३ करोड जनसंख्या भनेको। आज पनि २ करोड ९१ लाख मात्रै पो रहेछ’, उनले बुधबार सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘देशमा भ्रष्टाचार, गरिबी, हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ गाँठे!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .