कला


सञ्जय लीला भन्सालीसँग भिड्दै सुदर्शन थापा

सञ्जय लीला भन्सालीसँग भिड्दै सुदर्शन थापा

नेपालखबर
माघ २६, २०७८ बुधबार १४:२, काठमाडौँ

कोरोना महामारीको तेस्रो लहर सुरु भएपछि देशभरका सिनेमा घर बन्द भए।

भर्खरै लय समातेको उद्योगमा थुप्रै चलचित्र रिलिजको तयारीमा थिए। तर हल बन्दको घोषणा भएपछि प्रदर्शन मिति तोकेका सिनेमा अन्यौलमा परे।

केही सिनेमाले आफूले लिएको प्रदर्शन मिति रद्द गरे। केहीले स्थगित गरे। 

२७ दिनसम्म बन्द भएका सिनेमा घर फागुन १ गतेबाट पुनः सञ्चालनमा आउने भएका छन्।

हल सञ्चालनको अनुमति पाएसँगै अन्योलमा परेका सिनेमाले पनि धमाधम नयाँ प्रदर्शन मिति तय गर्न थालेका छन्। 

प्रदर्शन हुँदाहुँदै रोकिएका ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः प्रदर्शनको तयारी गरिरहेका छन्।

दीपेन्द्र के खनालको ‘चिसो मान्छे’ले पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको छ। यसैबीच चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले पनि प्रदर्शन मिति पक्का गरेको छ।

आगामी फागुन ३ गतेबाट ‘म यस्तो गीत गाउँछु २’अल नेपाल रिलिज हुने छ। ३ पटक प्रदर्शन मिति परिवर्तन गरेको यो फिल्म महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको हो।

पल शाह र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो फिल्म उद्योगले आशा गरेको फिल्म हो। बक्स अफिसमा देखिएको दर्शकको अभावलाई यो फिल्मले पुरा गर्ने आशा गरिएको छ।

तर, यही मितिमा बलिउडको प्रतीक्षित चलचित्र ‘गंगुबाई काठियावाडी’ पनि प्रदर्शन हुँदै छ। यो चलचित्र नेपाली दर्शकले पनि प्रतिक्षा गरेको चलचित्र हो। सञ्जय लीला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्रमा आलिया भट्ट र अजय देवगणले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।  

हलिउड, बलिउड सिनेमासँग धेरै नेपाली निर्माता तर्किरहेका बेला बलिउडसँग भिड्न तयार सुदर्शन थापा नेपाली फिल्मका आफ्नै दर्शक हुने तर्क गर्छन्।

उनले कुनै पनि निर्माताले चलचित्र निर्माणको समयमै कुनै न कुनै विदेशी चलचित्रसँग जुध्नुपर्छ भनेर दिमागमा सेट गर्नु पर्ने बताउँछन्।

उनी भन्छन्, ‘म यस्तो गीत गाउँछु २’को कथावस्तु र मेकिङप्रति पूरा विश्वास छ । यसैले हामी बलिउडका सबैभन्दा ठूला निर्देशक सञ्जय लीला भन्सालीको चलचित्रसँग एकसाथ रिलिज गर्न तयार भएका हौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad