मोडल एलिसा राईले अर्का मोडल निराजन प्रधानसँग जोडी बाँधेकी छिन्। एलिसा र निराजनले गायक पार्कर लिम्बुको पछिल्लो गीत ‘सागरको गहिराइ’मा जोडी बाँधेका हुन्।
पप गायक लिम्बुको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र निराजनको जोडी निक्कै सुहाएको छ। सार्वजनिक म्यूजिक भिडिओमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडिओ छायांकन उत्तम हुमागाईंले गरेका हुन्।
भिडिओ सम्पादन विकास धमलाले गरेका छन्। सार्वजनिक गीत गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
21
Shares

प्रतिक्रिया