कला


दयाहाङ–नम्रता अभिनित २४ मिनेटको चलचित्र ‘वरदान’ हेर्नुहोस् युट्युबमा

दयाहाङ–नम्रता अभिनित २४ मिनेटको चलचित्र ‘वरदान’ हेर्नुहोस् युट्युबमा

नेपालखबर
माघ २८, २०७८ शुक्रबार १०:२६, काठमाडौँ

दयाहाङ राई र नम्रता श्रेष्ठ अभिनित सर्ट फिल्म ‘वरदान’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। 

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको केवल २४ मिनेटको वरदान फिल्म बिहीबार सार्वजनिक गरिएको हो।

मुख्य भूमिकामा श्रेष्ठ र राई रहेको फिल्ममा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन्।

शुभ मिडिया होमले निर्माण गरेको चलचित्रमा आत्महत्या रोकथामबारे जनचेतनामूलक कथा राखिएको छ। 

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत तथा उत्तम न्यौपानेको साउन्ड डिजाइन फिल्ममा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad