कला


फर्कियो अन्जु पन्तको खुशीः फेरियो विपिन किरणको मन

फर्कियो अन्जु पन्तको खुशीः फेरियो विपिन किरणको मन

नेपालखबर
माघ २८, २०७८ शुक्रबार ११:३३, काठमाडौँ

एउटै गजलबाट एकै पटक सांगीतिक क्षेत्रमा स्थापित भएका विपिन किरण र अन्जु पन्त केही दिन चर्चाको केन्द्रमा रहे।

१० वर्ष अघि विपिनको शब्दमा अन्जुले गाएको ‘नबिर्से तिमीलाई...’ नपाए तिमीलाई बोलको गजल रि–रेकर्ड भयो।

पछिल्लो समय रचना रिमालको आवाजमा उक्त गजल रेकर्ड गराएका विपिनले भिडियोमा अन्जनु पन्तलाई कतै क्रेडिट दिएनन्। 

अन्जुले बोल्नु अघिनै यो विषय विवादमा आयो। सामाजिक सञ्जालमा धेरैले पक्ष र विपक्षमा वकालत गरे ।

ढिलो गरेर बोलेकी अन्जुले आफ्नो नाम कतै समावेश नभएकोमा मन दुखाइन्। अन्जुको मन दुखाईमा गाली गर्ने र समर्थन गर्ने बराबरी देखिए। 

अन्ततः विपिनले भिडियोको डिटेल्समा गायिका अन्जुसँगै गायक जगदिश समाललाई पनि क्रेडिट दिए। त्यसपछि भने अन्जु पन्त खुशी देखिएकी छिन्।

गायिका पन्तले भिडियोको स्क्रिन सर्ट राख्दै विपिनलाई धन्यवाद दिएकी छिन्। 

उनले फेसबुकमा लेखेकी छिन्, ‘मानिसबाट कहिलेकाहीँ जान अन्जानमा भुल हुन्छ । यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने हो हामी सबैले । विपिन भाइसँगको बातचितपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंकसमेत राख्नुभएको छ। यो तपाईको कदम प्रशंसनिय छ । भविष्यमा हामी सबै मिलेर नेपाली गीत संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ । फेरी पनि रचना नानुलाई धेरै माया र आशीर्वाद ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad