भारतका दिग्गज गायक बाप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ।
भारतीय समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार बुधबार बिहान मुम्बई अस्पतालमा उनको निधन भएको हो।
Singer-composer Bappi Lahiri dies in Mumbai hospital, says doctor
समाचारमा उल्लेख गरिए अनुसार उनका डक्टरहरुले उनको मृत्यु भएको पुष्टि गरेका छन्।
लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए।
यद्यपि मंगलबारबाट उनको स्वास्थ्यमा पुनः समस्या आएपछि परिवारले घरमा नै डाक्टरलाई बोलाएका थिए।
उनले स्वास्थ्यमा धेरै किसिमको समस्या रहेको अस्पतालका निर्देशक दीपक नाम्जोसीले बताएका छन्।
बप्पी लाहिरीले सन् १९७०–८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज भरेका छन्।
उनले सन् २०२० मा आएको बाग्गी ३ को गीत पनि गाएका थिए।
Shares

प्रतिक्रिया