अभिनेता सलोन बस्नेतले आफ्नी प्रेमीका सार्वजनिक गरेका छन्। केही वर्षअघि यी अभिनेता अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा थिए।
करिश्मासँगको ब्रेकअपपछि एक्लै रहेका सलोनले यो वर्षको प्रणय दिवसको अवसर उनले नयाँ प्रेमिका करिश्मा केसीसँगको तस्बिर सार्वजनिक गरेका हुन्।
करिश्मा र सलोन ३ वर्षदेखि प्रेम सम्बन्धमा छन्। तर उनले सार्वजनिक रुपमा करिश्मासँगको प्रेम साझा गरेको भने यो पहिलो पटक हो।
सलोन र करिश्मा छिट्टै वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन्।
करिश्मा फिल्म उद्योगसँग सम्बन्ध राख्दिनन्। सलानेले अभिनय गरेको नयाँ फिल्म ‘ए मेरो हजुर ४’ बैशाखमा प्रदर्शनको तयारीमा छ।
348
Shares

प्रतिक्रिया