कला


सागर र ज्ञान्दरीको मञ्जरी बजारमा

सागर र ज्ञान्दरीको मञ्जरी बजारमा

नेपालखबर
फागुन ८, २०७८ आइतबार १३:१, काठमाडौँ

गायक तथा संगीतकार सागर सरद अधिकारी र साहित्यकार ज्ञान्दरी कैनीको सांगीतिक गजल संग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ। 

गत साता काठमाडौंको हार्दिक होटलमा बरिष्ठ गीतकार तथा समालोचक डा. कृष्णहरी बरालको प्रमुख आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक गरिएको हो। 

लामो समयदेखि साहित्य लेखनमा सक्रिय ज्ञान्दरीको यो पहिलो गजल संग्रह हो। संगीतकार अधिकारी भने पछिल्लो समय सक्रिय रुपमा संगीतमा देखा परेका छन्। 

उनको संगीतमा थुप्रै गीत बजारमा आइसकेका छन्। उनी गायक पनि हुन्। 

सार्वजनिक ‘मञ्जरी’ गजल संग्रहमा ४ गजल संग्रहित छन्। सबै गजलमा अधिकारीले नै स्रंगीत गरेका हुन्। संग्रहभित्रको एउटा गजल संगीतकार अधिकारीकै स्वरमा सुन्न सकिन्छ। अन्य गजलमा भने निशा देशार, मिलन नेवार र सत्यराज आचार्यको स्वर सुन्न सकिन्छ। 

विमोचन समारोहमा एल्बमभित्रका गजल माथि कृष्णहरी बराल र संगीतमाथि वरिष्ठ संगीतकार राजु सिंहले समीक्षा गरेका थिए। 

अल्टा ग्राफिक्सले बजारमा ल्याएको उक्त एल्वममा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंगो रात’ गरी चार गजल संग्रहित छन्। एल्बमका गजलमा शाहस शाक्य र संजय श्रीपालको संगीत संयोजन रहेको छ। 

एल्बमभित्रको एक गजलको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सार्वजनिक गजलको म्यूजिक भिडियोमा केकी अधिकारी र प्रिन्स विश्वकर्माले अभिनय गरेका छन्। शुरेन बसेलले निर्देशन गरेको भिडियो छायांकन उत्सव दाहलले गरेका हुन्। भिडियो सम्पादन विकाश दहालले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad