कला


प्रहरी भन्छ– पल शाह आउने थाहा छैन, भेट्यौँ भने पक्रिन्छौँ

प्रहरी भन्छ– पल शाह आउने थाहा छैन, भेट्यौँ भने पक्रिन्छौँ

नेपालखबर
फागुन १५, २०७८ आइतबार ११:५१, काठमाडौँ

चर्चित अभिनेता एवम् मोडल पल शाहले आफूमाथि बलात्कारको आरोप लागेको चार दिनपछि प्रहरीसामु उपस्थित हुने बताएका छन्। 

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य बिग्रिएको र घरको सबै व्यवहार मिलाउनुपरेकाले र फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा रहेकाले उपस्थित हुन नसकेको बताएका छन्। 

उनले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु उपस्थित हुने जानकारी गराएका हुन्। 

तर पल शाह आफैँ उपस्थित हुनेबारे प्रहरीले भने जानकारी नपाएको बताएको छ। काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी सुदीप गिरीले जानकारी नआएको र प्रहरीले खोजी गरिरहेको बताएको हो। 

‘हामीलाई कसले कहाँ के लेख्यो थाहा छैन, हामी खोजी गरिरहेका छौँ, जहाँ भेट्छौँ पक्राउ गर्छौँ’, एसएसपी गिरीले भने। 

नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिका बलात्कारको आरोपमा जोहरी दर्ता भएको छ। बुधबार जाहेरी दर्ता भएलगत्तै प्रहरीले खोजी गरिरहेको छ। 

तर प्रहरीले उनलाई फेला पार्न सकिरहेको छैन। पललाई पक्राउ गर्न नसकेपछि शनिबार ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो। 

थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडेको थियो।

प्रहरी उच्च स्रोतका अनुसार शाह जिल्ला प्रहरी कार्यालय तनहुँमै हाजिर हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad