गायक हेमन्त शर्मा नयाँ गीत लिएर बजारमा आएका छन्। आफ्नै शब्द संगीतमा गायक शर्माले ‘एकै जुनी हैन’बोलको गीत बजारमा ल्याएका हुन्।
यो गीत मार्फत पछिल्लो समयकी गायिका अस्मिता अधिकारीसँग हेमन्तले सहगायन गरेका छन्। अस्मिता र हेमन्तको यो पहिलो सहकार्य हो।
गीतमा प्रेम र समर्पणको भाव समेटिएको छ। गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्।
म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल रियासा दहालले अभिनय गरेका छन्। पारिवारिक प्रेमकथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा आकाश र रियासा निकै खुलेका छन्।
भिडिओ-
21
Shares

प्रतिक्रिया