नेपाली कथानक चलचित्र ‘शमशेर’को पोस्टर सार्वजनिक गर्दै अभिनेता गौरव पहारी अनुबन्धित भएको जानकारी दिइएको छ।
सार्वजनिक पोस्टरमा अभिनेता गौरवलाई मात्रै प्रस्तुत गरिएको छ।
पोस्टरमा गौरव एक्सन अवतारमा देखिएका छन्। यो चलचित्रमा गौरवले ‘रागव’ पात्रको भूमिका निर्वाह गर्नेछन्।
गौरवसँगै यो चलचित्रमा मनिष राउत पनि देखिने छन्। उनी यसअघिनै ‘शमशेर’मा अनुबन्धित भैसकेका छन्। मनिष पनि चलचित्रको शिर्ष भूमिकामा देखिनेछन्।
एक्सन जनरामा बन्ने यो चलचित्रलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गर्न लागेका हुन्। सीबड्र्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रका लागि अभिनेत्रीको भने खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ।
36
Shares

प्रतिक्रिया