अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ।
डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो।
अनुसन्धान ब्यूरोले कार्कीलाई आइतबार अनुसन्धानका लागि बोलाएको छ। केही समयअघि सामाजिक सञ्जालमा उनको फोटो राखेर क्रिप्टो करेन्सीसम्बन्धी** विज्ञापनको पोष्टर बनाएको पाइएको थियो।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ।
सच्याइएको** : यसअघिको समाचारमा असावधानीवश असम्बन्धित कुरा समावेश भएकाले सच्याइएको छ। -सम्पादक
1.2k
Shares

प्रतिक्रिया