अभिनेत्री प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोधपुछ पछि छाडेको छ।
डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रोत्साहन गरेको पोस्टर फेला परेपछि उनलाई बोलाएर सोधपुछ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।
सीआईबीले बोलाएपछि नायिका कार्की श्रीमान आयुशमान देशराजसँगै सीआईबी पुगेकी थिइन्। सोधपुछका क्रममा कार्कीले क्रिप्टोको प्रचारमा आफ्नो फोटोसहितको पोष्टर बारे जानकारी नभएको बताएको एसपी महतोले बताए।
‘उहाँले यसबारेमा कुनै जानकारी छैन भन्नु भएको छ। तर हामीले अनुसन्धान गरिरहेका छौं, हेरौं अब के निस्कन्छ’, एसपी महतोले नेपालखबरसँग भने, ‘उहाँलाई आरोप नै लगाउने तहको विषय भइसकेको छैन। तर प्रश्न उठिसकेपछि सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपुछ त गर्नु पर्यो नि।’
प्रियंकाको पोष्टर अर्कैले बनाएर दूरुपयोग गरेको हुनसक्ने पनि प्रहरीको आशंका छ। सोधपुछ पछि सीआईबीले उनलाई आजै छाडेको छ। श्रीमान आयुशमानको जिम्मा जमानीमा छाडिएको सीआईबीले जनाएको छ।
Shares

प्रतिक्रिया