नेपाली कथानक चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रमा हिमाली भेगको प्रेमकथा समेटिएको छ।
२ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा अभिनेता सौगात मल्ल र दिया पुनको प्रेम चित्रण गरिएको छ।
सार्वजनिक ट्रेलरमा कलाकार बुद्धि तामाङ खलपात्रको रुपमा देखा परेका छन्।
दियालाई भगाएर लैजाने खोज्ने सौगातको बीचमा आएका बुद्धिको अवरोधले सिर्जना गरेको द्वन्द्व चलचित्रमा देखाउन खोजिएको छ।
ट्रेलरमा मनास्लु क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाको आकर्षक हिमाली ल्याण्डस्केप र बौद्ध परम्परा पनि चित्रण गरिएको छ ।
यो चलचित्र खिलबहादुर गुरुङले निर्देशन गरेका हुन्। उनले ५ हजार १०० मिटरभन्दा उचाइको मनास्लु क्षेत्रमा पुगेर कठिनाइपूर्वक चलचित्रको छायांकन गरेको बताए।
चलचित्र ‘मन्त्र’ आगामी वैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।
भिडिओ-
Shares

प्रतिक्रिया