नेपाली कथानक चलचित्र ‘षट्कोण’को पहिलो पोस्टर सार्वजनिक भएको छ।
साइकोलोजिकल थ्रिलर ‘षट्कोण’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। यो फिल्म आगामी वर्षको वैशाख २३ गतेबाट प्रदर्शनमा आउने छ।
सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र कर्मालाई प्रस्तुत गरिएकाे छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मको ब्यानरमा बनेको यो चलचित्र मिलन डि काप्रीले निर्देशन गरेका हुन्। उनी यही फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन्।
यो फिल्म कोरोना अघिनै निर्माण सम्पन्न भएको फिल्म हो। कोरोनाका कारण प्रदर्शनमा ढिलाई भएको यो चलचित्रमा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम लगायतका कलाकारले अभिनय गरेका छन्।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्।
Shares

प्रतिक्रिया