बलिउड चलचित्र ‘गंगुबाई कठियावाडी’ अब नेटफ्लिक्समा आउने भएको छ।
आलिया भट्टले शीर्ष भूमिकामा अभिनय गरेको ‘गंगुबाई कठियावाडी’ अप्रिल २६ तारिखमा नेटफ्लिक्समा राखिने भएको हो।
सञ्जयलीला भन्सालीले निर्देशन गरेको यो फिल्म हल प्रदर्शनपछि नेटफ्लिक्समा सार्वजनिक हुन लागेको हंगामाले जनाएको छ।
‘गंगुबाई कठियावाडी’ आलियाले मुम्बईको कमाठीपुरस्थित एक वेश्यालयकी ‘म्याडम’को भूमिकामा निर्वाह गरेकी छिन्।
आलियाका साथमा अजय देवगणले पनि यो फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेका छन्।
हल प्रदर्शनमा राम्रो कलेक्सन गरेको फिल्म नेटफ्लिक्समा हिन्दी र तेलेगू भाषामा सार्वजनिक हुने भएको हो।
45
Shares

प्रतिक्रिया