सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी आजसम्म जारी रहने छ।
प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गरेकी छन्। उनका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्न काइँयोलाई एक बिम्बका रूपमा प्रयोग गरिएको छ।
चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उनले बताइन्।
‘कलाको यात्रामा काम गर्दै जाँदा मैले एकदिन आत्मा वा मनमा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइनँ। संसारको हरेक कुरा महसुस गर्नु, ग्रहण गर्नु, सिक्नु, सिकाउनु, संस्कार, संस्कृति, प्रकृति सबै आखिर यही मन आत्मामै केन्द्रित हुने गर्दछ’, उनले भनिन्।
आफ्ना चित्रले कुनै प्रकृतिसँग झुकाव राख्छ भने कुनै सांस्कृतिक दृश्यसँग झुकाव राख्ने उनको भनाइ छ। रासस
Shares

प्रतिक्रिया