कला


नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण  हुने

नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण  हुने

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार ११:१, काठमाडौँ

ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ।

उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन्।

प्रदेश १ बाट टिम सहाना, मधेस प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन , लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल।फुड रहेका छन्।

पहिलो एपिसोड वैशाख २२ गते बिहीबार राति ९ बजे कान्तिपुरमा र इम्याजिन नेपालको आधिकारिक यु(ट्युब  च्यानलबाट १० बजे प्रसारण हुने छ।

यस ट्राभल रियालिटी सोमा श्री भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रूपमा देखिँदै छन्। यात्राका रोमाञ्चक कथाहरू सँगै १६ फरक एपिसोड को रूपमा टेलिभिजन मार्फत प्रसारणमा गरिने छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लाखौँ मानिसहरूमा पुग्ने आशा राख्दै निर्माण टिमले यस सो लाई दर्शक माझ ल्याएका हुन्। नेपाललाई जनताले हेर्ने तरिकामा हाम्रो यात्राले पक्कै परिवर्तन गराउने टिमको अपेक्षा रहेको छ।

सन् २०१६ देखी इम्याजिन नेपाल हरेक वर्ष प्रभावशाली व्यक्तित्वहरूलाई लिएर देशभरिका अद्भूत रमणीय ठाउँहरूमा पुगिरहेको र डिजिटल माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरिरहेको छ। यस वर्ष भने महिन्द्रा राइजको प्रस्तुतिमा इम्याजिन नेपालले एक रियालिटी सोको ढाँचा लिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad