यो साता दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शिवहरि पौड्यालले पहिलो पटक निर्देशन गरेको ‘लक्का जवान’ र मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ एकसाथ प्रदर्शनमा आएका हुन्।
कमेडी जनरामा बनेको ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिलिप रायमाझी, शिवहरि पौड्याल, राजाराम पौडेल, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी लगायतले अभिनय गरेका छन्।
ध्रुव वन्तको लगानी रहेको यो चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गर्ने अपेक्षा गरिएको छ। रहस्यमयी चलचित्र ‘षट्कोण’मा कर्मा शिर्ष भूमिकामा देखिनेछन्।
दुवै फिल्मले मल्टिप्लेक्समा औसत शो पाएका छन्।
36
Shares

प्रतिक्रिया