एक सयम अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका पछि लाग्ने मिडियाको सूची निकै लामो हुन्थ्यो। उनका हरेक गतिविधि समाचार बन्थे। चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा उदाएकी साम्राज्ञी धेरै युवाको ‘ड्रिम्स’बन्न सफल भइन्।
कोरोना महामारीका कारण भएको लकडाउनका बेला उनलाई चलचित्र नगरीमा भित्र्याउने भुवन केसीविरुद्ध ‘मिटु’को आरोप लगाइन्। सामाजिक सञ्जालमा केसी र शाहको वाकयुद्ध नै चल्यो। सानो सानो कुरामा महिलाको पक्षमा उभिने अभिनेत्रीहरुले उनले हिंसामा परे भनिरहदा चुइँक्क पनि बोलेनन्। उल्टै भुवनले क्षतिपूर्ति दाबी गर्दै उनीविरुद्ध मुद्दा हाले।
त्यसपछि बिस्तारै मिडियाबाट टाढा भएकी साम्राज्ञी अहिले चुपचाप छिन्। अझ उनले एक सार्वजनिक कार्यक्रममा मिडियासँग नबोल्ने घोषणै गरिन्। व्यक्तिगत जीवनका हरेक गतिविधि सार्वजनिक गर्ने साम्राज्ञी हिजोआज के गर्दैछिन्, कसैलाई थाहा छैन।
विषेश गरी देवांशु राणासँगको ब्रेकअप पछिनै साम्राज्ञी मिडियासँग कम खुल्न थालेकी हुन। देवाशं पछि साम्रज्ञी पुनः प्रेममा रहेको उनका नजिकका साथीले बताउँदै आएका छन्।
उनका नजिकका साथीका अनुसार साम्राज्ञी अहिले चिराग क्षेत्रीको प्रेममा छिन्। चिरागका साथमा डेटमा रमाइरहेकी साम्रज्ञीले यसअघि जस्तो प्रेमीसँगका तस्बिर पनि साझा गरेकी छैनन्। हरेक खुशीका खबर मिडियोसँग शेयर गर्ने साम्रज्ञी र मिडियाबिचको दूरी निकै बढेको देखिन्छ।
साम्राज्ञीले ‘ड्रिम्स’पछि ‘ए मेरो हजुर २’ ‘तिमीसँग’, ‘कायर’, ‘रातो टीका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लन्डनमा’मा लगायतका चलचित्रमा अभिनय गरिन। केही सफल भए, केही सफल भएनन्।
उनले अभिनय गरेको ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छन्।
‘पेरिस टु लन्डन’का लागि छायांकनमा जाने तयारी गरिरहेकी साम्राज्ञी मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा अनुबन्धित भएकी छन्।
निरन्तर काममै रहेकी साम्रज्ञीलाई मिडियाबाट टाढा प्रेमको चोटले बनायो अथवा भुवनसँगको ‘मिटु’ युद्धले?
Shares
प्रतिक्रिया