कला


अड्कियो ‘सत्यम्’, पललाई पर्खिँदै निर्माता

अड्कियो ‘सत्यम्’, पललाई पर्खिँदै निर्माता

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०७९ बुधबार १०:५७, काठमाडौँ

ठूलो तामझामसाथ घोषणा भएको चलचित्र ‘सत्यम्’ अझै छायाँकनमा जान सकेको छैन। 

यो फिल्म शिर्ष गीतको लिरिकल भिडियो भने सार्वजनिक भएको छ। 

‘सत्यम’को शीर्ष भूमिकाका लागि अनुबन्धित पल शाहमाथि जवरजस्ती करणी मुद्दामा जेल परेका छन्। त्यहीकारण फिल्म छायाँकनमा जान सकेको छैन। 

चलचित्रका निर्माता रेशम सापकोटा पलको बाटो हेरिरहेको बताउँछन्। उनी पलको मुद्दा किनारा लागेपछि मात्रै चलचित्रको छायाँकन गर्ने पक्षमा छन्। 

पल निर्दोष सावित भएर निस्किएको  खण्डमा फिल्ममा पललाई नै राख्ने उनको योजना रहेको छ।

यो चलचित्रमा अर्का अभिनेता राजेश हमाल पनि शीर्ष भूमिका लागि अनुबन्धित भएका छन्। सार्वजनिक गीतको लिरिकल भिडियोमा पनि हमाललाई मात्रै फिचर्ड गराइएको छ।

सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट रहेको छ। गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्। 

चलचित्र घोषणा भएको लामो समयसम्म पनि कुनै दिन सकेनौ भन्ने महशुसभएपछि गीतको लिरिकल भिडियो सार्वजनिक गरेको निर्माता सापकोटाले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad