नेपाली कथानक चलचित्र ‘हनी बनी’मा बलिउड अभिनेता अभिमन्यू तोमारले अभिनय गर्ने भएका छन्।
चलचित्रका निर्देशक दिवाकर भट्टराईले तोमार आफ्नो चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन्।
तोमारको ठाउँमा अभिनेता अनमोल केसीले अभिनय गर्ने कुरा थियो। तर अनमोलले फिल्म छोडेपछि भट्टराईले तोमारलाई चलचित्रमा लिएका हुन्।
बलिउडमा मोडङ गर्दै आएका तोमारले ‘लैजा मजनु’ फिल्मबाट सिनेमा यात्रा सुरु गरेका थिए। उनले टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ लगायतका चर्चित गीतमा मोडलिङ गरेका छन्।
चलचित्र ‘हनी बनी’ पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन्। ७ करोड लगानीमा बन्न लागेको यो फिल्म निर्माणमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडले सहकार्य गर्नेछन्।
174
Shares

प्रतिक्रिया