कला


भोट हालेपछि सञ्चिताले भनिन् : मतदानमा पुस्तान्तरण भैसक्यो

भोट हालेपछि सञ्चिताले भनिन् : मतदानमा पुस्तान्तरण भैसक्यो

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १४:४८, काठमाडौँ

अभिनेत्री सञ्चिता लुईटेलले मतदान गरेकी छिन्। उनले बानेश्वर ९ नम्बर वडाको मतदान केन्द्र बालमन्दिरबाट मतदान गरेकी हुन्।

मतदान गरेर फर्किएपछि सञ्चिताले मतदानमा पुस्तान्तरण भएको बताएकी छिन्। उनले आफ्ना पिता माधवप्रसाद लुईटेल र आफूले मत प्रयोग गर्ने पार्टी र धारणा फरक भएको बताइन्। 

उनले यसपटकको स्थानीय निर्वाचनमा परिवर्तनको आशा राखेर सहभागिता जनाएको बताएकी छिन्। 

उनले भनिन् ‘देशमा धेरै परिवर्तनको खाँचो छ। यस पटकको निर्वाचनमा भिजनसहित युवाको उत्साहजनक उपस्थितिले पनि परिवर्तनको आशा पलाएको छ। अर्को विगतमा काम गरिसकेका पुराना नेता पनि नयाँ भिजन सहित भोट माग्न आउनु भएको छ। त्यसैले पनि यो निर्वाचनपछि परिवर्तन होला भन्ने आशा छ।’

सञ्चितालाई निर्वाचनमा सहभागिता जनाउन झक्झकाउने उनका पिता र श्रीमान निखिल उप्रेतीले भने मतदान गर्न पाएनन्।

काठमाडौंका मतदाता सञ्चिताका पिता हाल काम विशेषले अमेरिका पुगेका छन्। सर्लाहीका मतदाता अभिनेता समेत रहेका उनका श्रीमान निखिल काठमाडौं बाहिर जान पाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad