अभिनेत्री करिश्मा मानन्धरले मतदान गरेकी छिन्।
मतदान गरेर मतदान स्थलबाट बाहिर निस्कँदै गर्दा उनले मेयरमा केशव स्थापितलाई मतदान गरेको संकेत गरेकी छिन्।
स्थापितसँगै मेयर बन्ने दौडमा रहेका र्यापर बालेन शाहका बारेमा प्रतिकृया दिँदै उनले बालेन एक युवा जोश भएको उल्लेख गरेकी छिन्।
करिश्मालाई मतदान स्थलमा भेटिएका सञ्चारकर्मीले अहिले सर्वत्र चर्चा भैरहेका बालेनप्रति तपाईको धारणा के हो? भनेर सोधेका थिए।
जवाफमा करिश्माले भनिन्, ‘उनी एक युवा जोश हुन्। त्यसैले उनका कुरा पनि फरक छन्।’
केही समयअघि मात्रै एमाले प्रवेश गरेकी करिश्माले आफ्ना श्रीमान र छोरीलाई आफ्नै विचारले भोट हाल्न भनेको उल्लेख गरेकी छिन्।
102
Shares

प्रतिक्रिया