अभिनेत्री आँचल शर्मा फिल्म छायांकनका लागि फ्लोरमा नगएको लामो समय भयो। कोरोना कालमा उनलाई कुनै फिल्मबाट अफर नै आएन। कोरोना महामारी कम भएको पनि लामो समय भइसक्यो। उनी अझै छायांकनमा निस्किन पाएकी छैनन्।
अहिले आँचलको हातमा दुई फिल्म छन्। मिलन चाम्सले निर्देशन गर्न लागेको चलचित्र ‘वर एन्ड वधू’ तथा विकासराज आचार्यको ‘नाइँ नभन्नु ल ६’मा आँचल अनुबन्धित भइसकेकी छन्। तर यी दुवै फिल्मको छायांकन सुरु हुन सकेको छैन।
म्युजिक भिडिओमा बाक्लै देखिएकी आँचल ठूला फिल्म सुटिङको पर्खाइमा छिन्। साउथको ‘हिटम्यान’मा छोटो भूमिका निर्वाह गरेकी आँचल नेपाली फिल्मकै प्रतीक्षामा छिन्।
विवाहपछि फिल्म छायांकनमा रमाउन नपाएकी आँचल हिट फिल्मको पर्खाइमा छिन्। उनको हातमा भएका दुवै
फिल्मले उनलाई राहत त दिन सक्छन्, तर कहिलेबाट छायांकन हुने हो, टुंगो छैन।
Shares

प्रतिक्रिया