नेपाली सांगीतिक इतिहासमा नै पहिलोपटक रोमानियामा नेपाली सांगीतिक कन्सर्ट सम्पन्न भएको छ।
मे १५ मा ‘याद नेपाली म्यूजिक फेस्टिभल’नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा सहभागीता जनाउन नेपालबाट गायक/गायिका रोमानिया पुगेका थिए।
गायक राजेश पायल राई, चक्र बम, गायिका मिलन अमात्य, बेनिशा हमाल लगायतका गायक गायिकाले उक्त सांगीतिक महोत्सवमा सहभागीता जनाएका छन्।
सांगीतिक महोत्सवमा प्रस्तुती दिएर मिलन, बेनिशा लगायतको टिम नेपाल फर्किसकेको छ।
नेपालबाट रोमानिया पुगेका नेपालीले ‘याद नेपाली म्यूजिक फेस्टिभल’को आयोजना गरेका हुन्। उक्त सांगीतिक महोत्सव मार्फत नेपाल र रोमानियाको सम्बन्धलाई मजबुत बनाउन खोजेको आयोजक मध्येका नरेश गिरीले बताएका छन्।
विरानो भूमिमा पहिलो पटक सांगीतिक कार्यक्रम गर्न गाह्रो भए पनि सम्पन्न गर्दा खुशी मिलेको गिरीले बताएका छन्।
Shares

प्रतिक्रिया