कला


खाली हात भए अनमोल केसी

खाली हात भए अनमोल केसी

नेपालखबर
जेठ ८, २०७९ आइतबार १३:२२, काठमाडौँ

नेपाली फिल्म उद्योगका सबैभन्दा महँगा कलाकार हुन्– अनमोल केसी।

पुराना अभिनेता भुवन केसीका छोरा समेत रहेका अनमोल निक्कै कम फिल्ममा काम गर्छन् तर महंगो पारिश्रमिक लिन्छन् भनिन्छ।

उनले लिएको पारिश्रमिकलाई लिएर बेलाबेला फिल्म उद्योगमा चर्चा भइरहन्छन्। 

फिल्ममा धेरै चुजी बनेकै कारण अहिले अनमोल फुर्सदमा छन्। अन्य कलाकार उद्योगमा ब्यस्त भइरहँदा अनमोलको हात भने खाली छ।

गत वैशाख १ गते प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ पछि अब अनमोललाई दर्शकले पुनः कहिले हलमा हेर्न पाउने हुन थाहा छैन। 

अन्य कलाकार छायांकनमा ब्यस्त हुँदा अनमोल फ्लोरमा जाने पनि टुङ्गो छैन्।

‘ए मेरो हजुर ४’पछि उनले कुनै चलचित्रमा काम गरेका छैनन्। केही फिल्ममा काम गर्ने औपचारिक सम्झौता गरेर पनि उनले फिल्म छोडेका छन्। 

अनमोललाई अफरको कमी त छैन। उनी सहज रुपमा फिल्ममा काम गर्ने औपचारिक सम्झौता पनि गर्छन।

तर छायंकनमा निस्कनुअघि नै क्यान्सिल गरिदिन्छन्। जसको असर उनको फिल्मी करिअरमा देखिन थालेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad