अभिनेत्री वर्षा शिवाकोटी विवाहपछि निकै व्यस्त देखिएकी छिन्। उनले आइतबार चलचित्र ‘ए साथी सुन’को डबिङ सुरु गरिन्।
वर्षा आफ्नो हातमा रहेका अन्य काम पनि फटाफट गरिरहेकी छिन्। वर्षा अभिनित ‘लक्का जवान’केही समयअघि रिलिज भयो। ‘मनसँग मन’ र ‘परदेशी २’ प्रदर्शनको तयारीमा छन्।
उद्योगमा आफूले लिएर बाँकी रहेका काम सकेर अमेरिका उड्ने वर्षाको तयारी छ। अघिल्लो महिना मात्रै विवाह गरेकी वर्षाका श्रीमान् अमेरिकामै बस्दै आएका छन्।
त्यसैले आफ्ना बाँकी काम फटाफट गरिरहेकी छिन्। रोकिएका काम सकिए लगत्तै अमेरिका उड्ने वर्षाले बताएकी छिन्।
नेपाली फिल्म उद्योगमा अपेक्षित सफलता हात पार्न नसकेकी वर्षाले अब फिल्मलाई दोस्रो प्राथमिकतामा राखिसकेकी छिन्।
ठूलो ब्राण्डबाट उद्योगमा आएर पनि स्थापित हुन नसकेकी वर्षा विवाह लगत्तै श्रीमान जहाँ म त्यहिँ भनेर बयान दिन थालिसकेकी छिन्।
Shares

प्रतिक्रिया