काठमाडौं महानगरको मेयर बन्ने दौडमा रहेका बालेन्द्र शाहको समर्थनमा गीत निकालिएको छ।
उनका समर्थकहरुले ‘लौरो टेकौँला’ बोलको गीत निकालेका हुन्।
उमेश राउतले लेखेको गीतमा लेखु सहयात्रीले संगीत दिएका छन्। गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यले सामुहिक गायन गरेका छन्।
विसम आचार्यले संगीत संयोजन गरेको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको उल्लेख गरिएको छ।
भिडियोमा भने चुनावी प्रचारका क्रममा लिइएका बालेनका भिडियो फुटेज प्रयोग गरिएको छ।
2.4k
Shares

प्रतिक्रिया