आजबाट नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ प्रदर्शन भएको छ।
प्रदर्शनअगावै राम्रो शो बुकिङ सहित प्रदर्शनमा आएको यो चलचित्रले सुख्खा बक्स अफिसलाई हराभरा बनाउने आशा गरिएको छ।
‘कबड्डी ४’ हेर्न जाने दर्शकले आगामी भदौ ३१ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को झलक पनि हेर्न पाउने भएका छन्।
चलचित्र ‘बाबरी’ टिमले प्रचारको नयाँ शैली अपनाउँदै फिल्मसँगै टिजर जोडिदिएको छ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘बाबरी’को टिजरमा अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीलाई देख्न सकिन्छ। सार्वजनिक टिजरमा धिरजको स्वर परिवर्तन भएको सुनिन्छ।
‘कबड्डी ४’को प्रिमियरमा उपस्थित भएका दर्शकले प्रश्न समेत गरेका थिए ‘बाबरीमा धिरज आफैंले डबिङ गरेका हुन्?’
निर्देशक पौडेलले उक्त स्वर धिरजकै भएको बताएका छन्। उनले भने ‘धिरजको परिवर्तित स्वरले दर्शकलाई सरप्राइज दिन सक्छ।’
अदितीले भने दर्शकलाई उनले अघिल्लो पटक चलचित्र ‘कृ’मा निर्वाह गरेको भूमिकाको झलक दिने छिन्।
Shares

प्रतिक्रिया