कला


कबड्डी ४ : कमजोर समीक्षा, अब्बल कमाइ

कबड्डी ४ : कमजोर समीक्षा, अब्बल कमाइ

नेपालखबर
जेठ १७, २०७९ मंगलबार ६:३९, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी’को चौथो सिरिजले नेपाली फिल्म उद्योगमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। 

सफल चलचित्र ‘कबड्डी’को चौथो सिरिजलाई फाइनल म्याच भनेर प्रचार गरिएको छ। त्यसैले पनि हुनसक्छ, यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएको छ। 

प्रदर्शनको दुई दिनमै ६ करोड ग्रस कलेक्सन गर्न सफल यो चलचित्रले प्रदर्शनको चार दिनमा ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। 

चलचित्रको मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा पहिलो सप्ताहन्तको कमाइ २ करोड १८ लाख रुपैयाँ ग्रस छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईको कमाइ १ करोड १२ लाख रुपैयाँ ग्रस छ।

वान सिनेमाजमा ४५ लाख, बिग र एफक्यूबको कमाइ ४० लाख अनुपातमा छ। बीएसआरमा ३० लाख, पोखराको मिडटाउनमा १२ लाख, गोपीकृष्ण र अष्टनारायणमा २० लाख, रञ्जनामा २१ लाख ग्रस कमाइ छ।

अझैं केही दिन राम्रो कमाइ गर्ने अपेक्षा राखिएको यो चलचित्रले समीक्षकहरुबाट भने राम्रो प्रतिक्रिया भने पाउन सकेको छैन। फिल्मको समीक्षा भने हलमा दर्शक उर्लिएजस्तो उत्साहजनक देखिँदैन। 

धेरैले बासी कथामा नयाँ अभिनयले मात्रै धानेको चलचित्र भनेर टिप्पणी गरेका छन्। धेरै जसो समीक्षकले चलचित्र निकै कमजोर रहेको समीक्षा गरिरहेका छन्। थोरैले औसत प्रतिकृया दिएका छन्।

तथापि कमजोर समीक्षाले फिल्मको व्यापारमा भने असर गरेको छैन्। हलमा दर्शकको उत्साहजनक उपस्थिति देख्न सकिन्छ। फिल्ममा दयाहाङ राईका साथमा सौगात मल्ल र मिरुना मगरले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। 

यो फिल्मको कथा उपेन्द्र सुब्बा र रामबाबुले संयुक्त रुपमा लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad