कला


नायिका मिरुना मगरविरुद्ध प्रदर्शन, कबड्डी-४ रोक्न माग, पोस्टर जलाइयो

नायिका मिरुना मगरविरुद्ध प्रदर्शन, कबड्डी-४ रोक्न माग, पोस्टर जलाइयो

नेपालखबर
जेठ १७, २०७९ मंगलबार ११:२३, काठमाडौँ

अभिनेत्री मिरुना मगरले गत आइतबार आफूमाथि हिंसा भएको भन्दै लामाको भेषका एक दर्शकलाई आरोप लगाइन्। 

कबड्डी ४ को प्रतिक्रिया लिन काठमाडौंको सिभिल मलमा पुगेकी मिरुनाले भीडमा दर्शकले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै झापड हानिन्।  

लामाको भेषमा रहेका मुगुका फुर्वा लामालाई मिरुनाले झापड हानेपछि प्रहरीको जिम्मा लगाइन्। अहिले फुर्वा प्रहरीको हिरासतमा छन्। 

मिरुनाको यो कदमपछि सामाजिक सञ्जाल दुई कित्तामा विभाजित छ। एक पक्ष पक्राउ परेका लामाको पोशाक हेरेर उनको नियत गलत हुनै नसक्ने अडान लिइरहेका छन्।

अर्काथरी तत्काल बोलेर मिरुनाले ठीक गरेको बताइरहेका छन्। फिल्म उद्योगकै धेरैले मिरुनाले गल्ती गरेको भन्दै माफी माग्नु पर्ने बताइरहेका छन्। 

यसैबीच मिरुनाको उक्त कदमविरुद्ध सडकमा प्रदर्शन सुरु भएको छ। मंगलबार बिहान काठमाडौंको चाबहिलस्थित केएल टावर अगाडि कबड्डी-४ प्रदर्शन रोक्न माग गर्दै प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरुले लामालाई रिहा गर्न माग गरेका छन्। आन्दोलित केहीले फिल्मको पोस्टरसमेत जलाएका छन्। 
उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन्। 

मिरुनाले झापड हानेपछि लामाले अन्जानमा छोइएको भनेर उनीसँग भिडमै माफी मागेका थिए। प्रहरी हिरासतमा पनि उनले नियतवश नछोएको बताएका छन्। 

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी-४’को प्रतिकृया लिने क्रममा उक्त घटना भएको थियो। यो घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad