म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ।
करिब ६९ लाख ९२ हजार सस्क्राइबर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेका छन्।
च्यानल ह्याक पश्चात ह्याकरले टेस्ला लाइभ नाम राखेपनि कुनै अन्य प्रकारका भिडियो भने अपलोड भएको छैन।
च्यानलमा २ दिन अगाडि गायक रामकृष्ण ढकालको ‘आशु देऊ या हाँसो’ नामको भिडियो अपलोड भएको देखिन्छ।
म्युजिक नेपालको यो च्यानल नेपालको सबैभन्दा धेरै सस्क्राइबर भएको च्यानल हो ।
42
Shares

प्रतिक्रिया