कला


युट्युबमै भेटिन्छ कबड्डी ४

युट्युबमै भेटिन्छ कबड्डी ४

नेपालखबर
जेठ २२, २०७९ आइतबार ७:१५, काठमाडौँ

चलचित्र ‘ कबड्डी ४’ ले लामो समय सुख्खा भएको नेपाली फिल्म हललाई हराभरा बनाउने काम गर्‍यो।

सफलतापूर्वक प्रदर्शनको पहिलो साता पूरा गरेको चलचित्र अहिले दोस्रो सातामा प्रदर्शन भैरहेको छ। पहिलो साता नै १५ करोड ग्रस कलेक्सन गरेको चलचित्रले दोस्रो साता पनि राम्रो कमाइ गरिरहेको छ।

तर यो चलचित्रले प्रदर्शनको पहिलो दिनबाटै पाइरेसीको शिकार हुनुपर्यो। पहिलो दिन चलचित्र हेर्न हल पुगेका दर्शकले मुख्य मुख्य दृष्य खिचेर टिकटकमा हालिदिए। टिकटकमा भाइरल भएको दृष्यले चलचित्रको व्यापार त घटाएन निर्माता/निर्देशकलाई भने ठूलो तनाव दियो। चलचित्रका निर्माता/निर्देशक चलचित्र विकास बोर्डसम्म पुगे। 

अहिले यो चलचित्रको अधिकांश भाग युट्युबमै भेटिन्छ। मोबाइलले खिचेको लो क्वालिटीको फिल्मको अंश युट्युबमा राखिएको छ।

विदेशी शो गर्न बाँकी रहेको चलचित्र पुनः पाइरेसीको चपेटामा परेको छ। युट्युबमा फिल्मको क्लाइमेक्सको दृश्य, दोश्रो हाफको पुरै दृश्य भेट्न सकिन्छ। जसले चलचित्रको बाँकी सातासँगै विदेशी व्यापारमा समेत असर गर्ने देखिन्छ। 

सामाजिक सञ्जालमा चलचित्रका दृष्य खिचेर हाल्न नपाइने उल्लेख छ। हालेको अवस्थामा निर्माताले मुद्दा दायर गरेको खण्डमा एक करोडसम्म जरिवाना लाग्ने प्रावधान भए पनि दर्शकले हलबाटै फिल्म खिचेर युट्युबमा हालिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad